पाँचथरमा सामूहिक हत्या : मृत्यु हुनेमा सात महिला, दुई पुरुष

पाँचथर । मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका नौ जनाको हत्या भएको छ। १२, १३ वर्षीया एक किशोरी घाइते भएकी छिन्। बमबहादुर फियाक र धनराज सेर्माको घरमा नौजनाको हत्या भएको वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिए। उनका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव देखिएको सात महिलामध्ये तीन बालिका छन्।

अन्य दुई भने पुरुष हुन्। मिक्लाजुङ गाउँपालिका ३ मा घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता एवं प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए। घटनाको जानकारी आएलगत्तै प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको छ।

कसले किन हत्या गर्‍यो भन्ने विषयमा केही खुलेको छैन। घाइते किशोरीलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस