पहिलो खेलमा रोहित टिम जकार्ताको बराबरी

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिग वानको पहिलो खेलमा बराबरी खेलेको छ ।

साविकको विजेता समेत रहेको जकार्ताले सोमबार बारिटो पुटेरासंग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । पुटेराको मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा जकार्ताले बराबरी खेलेको हो ।

खेलको ३७ औं मिनेटमा मारको सिमिकले गोल गर्दै जकार्तालाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औं मिनेटमा सिल्भा राफायलले गोल गर्दै पुटेरालाई खेलमा फर्काए ।

यो बराबरीसंगै जकार्ताले १ अंकबाट लिगको सुरुवात गरेको छ । पुटेराको पनि १ अंक रहेको छ ।

पुटेराविरुद्धको खेलमा जकार्ताले रोहितलाई पुरै समय खेलाएको थियो । गत सिजन रोहित बर्षको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस