दुई वर्ष ढिलो हुँदा पनि सकिएन तल्लो मोदी आयोजना

पर्वत । आयोजनाको काम पूरा भैसकेको भए पनि पर्वतमा निर्माणाधीन तल्लो मोदी जलविद्युत आयोजनाको विद्युत् उत्पादन कार्य दुई महिनापछि धकेलिएको छ। गत वैशाख पहिलो सातामा नै परीक्षण उत्पादन गर्ने योजनाअनुसार काम भए पनि ग्रिड र टनेलमा समस्या देखिएका कारण लक्षित समयमा विद्युत् उत्पादन सुरु नभई असारको पहिलो सातामा मात्र परीक्षण उत्पादन गर्ने गरी मर्मतको काम भइरहेको छ। आयोजनाका प्रमुख पवनकुमार यादवका अनुसार निर्माणाधीन २० मेगावाट आयोजनाको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ। मर्मतको काम सक्न करिब एक महिना लाग्ने छ।

मोर्दी इनर्जी लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनाको टनेलमा वैशाखको अन्तिम साता पानी पठाएर परीक्षण गरिएको थियो। उक्त टनेलका लागि आवश्यक पर्ने सुरुङ निर्माणको काम साउथ एसिएन लिमिटेडले गरेको थियो।  २०७४ असारसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०६९ साउनमा आयोजना निर्माणको काम सुरु भए पनि आयोजनाले प्राकृतिक, मानवीयलगायत कारणहरू देखाउँदै यसअघि धेरै पटक उत्पादन मिति सारिसकेको छ।

लक्षित मितिको दुई वर्ष पूरा हुन लाग्दा पनि आयोजनाले विद्युत् उत्पादन गर्न नसकेको हो। आयोजना प्रमुख यादवका अनुसार कुस्मा नगरपालिका–७ चुवाको परादीस्थित पावर हाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भूभाग भेटिएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा …

प्रतिकृया दिनुहॊस