सनराइज बैंकको कामु सिइओमा आशा राणा नियुक्त

सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन। प्रमूख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अबकास पाएसँगै बैंकले राणालाई कामु प्रमुखको जिम्मेवारि दिएको हो।

सनराइज बैंकमा सहायक महाप्रबन्धकबाट प्रवेश गरेकी राणाले जेठ १ देखि लागू हुने गरि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी हुन। बैंकिङ क्षेत्रमा ३१ बर्षभन्दा बढि समय विताईसकेकी छिन् ।

राणाले सनराईज बैंकमा ११ बर्ष काम गरिन् । राणासँग हिमालयन बैंकमा १४ बर्ष, राष्ट्रिय बाणिज्य बैंकमा साढे ६ बर्ष काम गरेको अनुभब रहेको छ।  अमेरिकाको क्यालीफोर्निया स्थित स्ट्याण्डफोर्ड बिश्वबिद्यालयबाट सन १९८५ मा अकाउन्टिंग एसिस्टेन्टको रुपमा करियर सुरु गरेकी हुन।

यॊ पनि हेर्नुहॊस

दाहसंस्कार स्थल निर्माणमा मितेरी बैंकको सहयोग

धरान । धरानस्थित मितेरी डेभलपमेन्ट बैंकले डिजेल प्लान्टबाट शव जलाउने दाहसंस्कार स्थलका लागि आर्थिक सहयोग …

प्रतिकृया दिनुहॊस