हलसम्म दर्शक तान्ने ‘जात्रैजात्रा’

कतिपय मानिसको जीवनबाट प्रेरित भएर चलचित्र बन्छन्, कतिपय मानिसको जीवन चलचित्र जस्तै हुन्छ। हिजो के भएको हो थाहा पाउने हामी भोलिको अनुमान लगाउन सक्दैनौँ। अस्वाभाविक घटनाहरुले जीवनलाई मोड्ने कथा हो ‘जात्रा’। चिल्ला गाडी अनि अग्ला घरका फेसेनेबल धनाढ्यको कथा नभई भुईँ तहका मानिसको जीवनलाई पर्दामा उतार्दा निर्देशक प्रदीप भट्टराईले चलचित्रको नाम राखे ‘जात्रा’। जीवनको यात्रामा हिड्दै जाँदा अघिल्लो मोडमा के भइदिन्छ पत्तो हुन्न भन्ने कुरालाई चलचित्रले पिँधैबाट उत्थान गरेको छ।

तीन वर्षअगाडि असनको सानो गल्लीमा जीवनको डोरो अगाडि बढाउन नाक रगडिरहेका फडिन्द्र तिमल्सिना ‘विपीन कार्की’, जोयस ‘रविन्द्रसिंह बानियाँ’ र मुन्ना ठाकुर ‘रविन्द्र झा’ को कथा जात्रा हो। ‘छक्का पञ्जा’ को सक्सेस लहरमा ‘जात्रा’ ले पनि ठाउँ बनायो।

हात मुख जोड्न धौधौ परेका फिडिन्द्रलाई श्रीमती र छोरालाई राम्रो घरमा राख्ने, राम्रो स्कूल पढाउने सपना छ।

रविन्द्र झा ऋणमा चुर्लुम्म डुबेका छन्, परिवारको साना भन्दा साना आवश्यकतालाई पूरा गर्न असफल उनी बेलामा पैसा तिर्न नसकेको निहुँमा पुलिस थाना गइरहन्छन्।

सपनाको आकार हुन्न, जोसय पात्रलाई चलचित्र बनाउने शोख छ, तर पैसा कहाँबाट ल्याउनु। बिरामी गर्लफ्रेन्डको उपचारमा कमाएको सबै दाम लगाउने जोयसलाई पनि भागी भागी हिड्नु परेको छ।

यहीबीचमा ३ करोड रुपैयाँ उनीहरुको हात लाग्छ। पुलिस अनि गुण्डाले धुमधुम्ती खोजेको पैसा पचाउने चक्करमा यी तीनले सक्दो जुक्ति लगाउछन्, तर अन्त्यमा उनीहरुको योजना सफल हुन्न।

प्रहरीको हातमा पैसा पर्छ। प्रहरीलाई सहयोग गरेको भन्दै टोलमा सम्मान कार्यक्रम आयोजना हुन्छ। अरुबेला हेयको दृष्टिले हेर्ने समाजले उनीहरुलाई सम्मान गर्दै गर्दा थाहा हुन्छ, ‘त्यो पैसामा २ करोड ८० लाख नक्कलि नोट हो।’ सम्मान स्थलबाट नै प्रक्राउ परेर तीनै जना जेल पुग्छन् र उकुस मुकुश भएर चलचित्र सक्किन्छ । देशसन्चारबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद (डिभोर्स) भएको छ । …

प्रतिकृया दिनुहॊस