आइतबार सुनको मूल्य २ सयले घट्यो

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । गएको शुक्रबार प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ६० हजारमा कारोबार भईरहेको छ ।

शुक्रबार ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन साताको पहिलो दिन आइतवार ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला शुक्रबारको तुलना ५ रुपैयाँ घटेर ७ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यॊ पनि हेर्नुहॊस

नेपाल विद्युत् प्राधिकरण : चार वर्षमा आम्दानी दोब्बर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको चार वर्षको अवधिमा आम्दानी दोब्बर भएको छ । विद्युत् चुवाहट …