बजेटअघि नै मूल्यवृद्धिः तरकारी र गोलभेडाको भाउ सुनजस्तै

काठमाडौं । यसपाली मूल्यवृद्धि आकाशिएको छ । । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । गोलभेडाको मूल्य १ सय ४० भन्दा पनि बढी छ । त्यस्तै अन्य सिजनल तरकारीको भाउ सोध्नै नसकिने छ ।

 

आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । बजेटपछि मूल्यवृद्धि हुने  पक्का नै छ । तर, अहिलेनै यसरी तरकारीको भाउ बढेपछि उपभोक्ता चरम मारमा परेका छन्  । अहिले महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे भन्छन्,अहिले असिना र पानी धेरै परेका कारण मूल्य आकाशिएको हो । यो वर्ष तरकारी उत्पादनको मात्रा घटेको छ ।

उता खसीको मासूको भाउ पनि बढको छ । केहि समय अगाडिसम्म किलोको १ हजारमा पाईने मासु अहिले १२ सय पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस