महालक्ष्मी विकास बैंकको मैतिदेवी शाखा उद्घाटन

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा काठमाडौँ जिल्ला, महानगरपालिका वडा नं.३०, स्थित मैतिदेवी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले दीप प्रज्वलनका साथ गर्नुभएको थियो । उक्त कार्यक्रममा सभापतिको आसन बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले ग्रहण गर्नुभएको थियो भने विषेश अतिथिका रुपमा मैतीदेवीका वडा अध्यक्ष दल बहादुर कार्की बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेल रहनुभएको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । साथै कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभयो।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ५० हजार भन्दा बढी रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराइज बैंकले प्रकाशित गर्‍यो कार्बन उत्सर्जन प्रतिवेदन

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० को कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित गरेको छ। …

प्रतिकृया दिनुहॊस