पार्टीभित्रको कलह नसच्चियाए आगामी निर्वाचनमा पनि कांग्रेस पराजित हुन्छः नेतृ कोइराला

भक्तपुर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आन्तरिक कलहले कांग्रेस सिद्धिने बताएकी छन् । जीपी कोइराला फाउन्डेशन भक्तपुरको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै नेतृ कोइरालाले पार्टीभित्रको झगडा र गुटैगुटका कारण कांग्रेस कमजोर हुँदै गएको बताउँदै यसलाई नसच्याए आगामी निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताइन् ।

कांग्रेस आगामी निर्वाचनमा पनि पराजित नेपालमा एक दलीय कम्युनिष्ट शासन लागू हुने बताउँदै उहाँले पार्टीभित्रको कलह र गुट उपगुट अन्त्य गर्नु पर्ने बताइन् । जीपी कोइराला फाउन्डेशनको केन्द्रीय अध्यक्ष समेत रहेकी नेतृ कोइरालाले संसदमा आफ्नो पार्टीको संख्या कम भएकै कारण नेकपाले पेल्दै लागेको बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र कमला पन्त, नेपाली कांग्रेस भक्तपुरका सभापित दुर्लभ थापा, नेपाल तरुण दलका पूर्व अध्यक्ष बिनोद कायष्ठ, पूर्व सांसद लेखनाथ न्यौपाने, जीपी कोइराला फाउन्डेशन प्रदेश ३ को संयोजक रीता खनाललगायतले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले गरेका योगदानको चर्चा गरेका थिए । कार्यक्रम जीपी कोइराला फाउन्डेशन भक्तपुरका संयोजक बिदुरमान सिंह बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री स्व. कोइरालाको जीवनीसम्बन्धी तस्विर प्रदर्शनीमा राखिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

झापामा बाइक र बोलेरो जुधे, बाइकमा सवार तीन युवाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहान …

प्रतिकृया दिनुहॊस