रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप १ शाखा रहित बैकिङ्ग सेवा

माछापुछ्रे् बैंक लिमिटेडले रुपन्देहीमा १ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सहित माछापुछ्रे् बैंक लिमिटेडको हालसम्म ९८ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १९८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै,बैंकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) …

प्रतिकृया दिनुहॊस