काठमाडौं । एभरेष्ट बैंकले गोरखाको लक्ष्मी बजारस्थित महालक्ष्मी विद्यालयलाई पिउँने पानीको सुविधा एवं शौचालय हस्तान्तरण गरेको छ । बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउँने पानीको अभावमा विद्यालय जान नछोडुन् भन्ने उद्देश्यले सरकारी तथा सामुदायक विद्यालयहरुलाई स्वच्छता कायम गर्न एवं पिउँने पानीको व्यवस्था गर्न मद्दत गर्दै आइरहेको छ ।
एभरेष्ट बैंकले मेयर राजन राज पन्त, वडा अध्यक्ष कुलबहादुर कुँवर, एभरेष्ट बैंकका डेप्यूटी जेनरल म्यानेजर राजिव जेन तथा अन्य विशिष्ट अतिथिहरुको संयूक्त उपस्थीतिमा विद्यालयलाई पिउने पानीको सुविधा र शौचालय हस्तान्तरण गरेको हो ।
बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहॊस