दुबईमा विमान दुर्घटना हुँदा चारको मृत्यु

युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक एक सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक सवार डीए–४२ नामक चार सिटे विमान दुर्घटनामा परेको हो ।

सहचालक चालक र दुई यात्रुसहितको विमान बिहीवार साँझ ७ बजेर ३० मिनेटमा दुर्घटना भएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
दुर्घटना पछि विश्वकै अतिव्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको थियो। विमानस्थलतिर आएका विमानलाई अन्तै मोडिएको थियो भने उड्न लागेका विमानहरू ढिलो उडेका थिए।

अमेरिकी इन्जिनियरिङ तथा एरोस्पेस कम्पनी हनीवेलले आफूले फ्लाइट क्यालिब्रेशन सर्भिसेजको सेवा लिएको र सो विमानलाई दुबईमा आफ्नो कामका लागि प्रयोग भएको बताएको छ। हनीवेले सो दुर्घटना प्रति दुख व्यत्तm गर्दै शोकपत्र जारी गरेको छ ।

नागरिक उड्यन प्राधिकरणले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

एजेन्सी 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस