एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक मर्जर हुने

काठमाडौं । एनएमबी बैंक  र ओम डेभलपमेन्ट बैंक एकआपसमा मर्जर हुने भएका छन् ।  बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा एनएमबिका तर्फबाट संचालक प्रदिपराज पाण्डे र ओमको तर्फबाट योगेन्द्र लाल प्रधानले हस्ताक्षर गरे । मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको लक्ष्य रहेको बैंकले जनाएको छ । मर्जर पछिको संयुक्त बैंकको नाम एनएमबी नै रहने कार्यक्रममा जानकारी दिइएको छ ।

मर्जर पश्चात बैंकको जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड पुग्ने छ भने निक्षेप एक खर्ब १९ अर्ब र कर्जा एक खर्ब १३ अर्ब पुग्नेछ ।

हाल एनएमबि बैंकको निक्षेप ९३ अर्ब ९६ करोड रुपैयाँ छ भने कर्जा ८७ अर्ब २ करोड रुपैयाँ रहेको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको निक्षेप २४ अर्ब ७९ करोड र कर्जा २२ अर्ब ४९ करोड रुपैयाँ छ ।

त्यस्तै, ०७५ चैत मसान्तमा एनएमबिले गत वर्षको सोही अवधिको भन्दा १९ प्रतिशतले बढाउँदै १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ भने ओमले ३४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) …

प्रतिकृया दिनुहॊस