कुमारी बैंकद्धारा पाठ्यपुस्तक वितरण

काठमाडौँ । कुमारी बैंकले का.म.न.पा.–१ कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ ।

विगत वर्षको सहयोगलाई निरन्तरता दिदैं, उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्येश्यका साथ बैंकले उक्त पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न गरेकोे हो ।
गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई पाठ्यपुस्तक हस्तान्तरण गरे ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रुपन्देहीमा माछापुच्छ्रे बैंकको नवनिर्मित भवन शुभारम्भ

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं.१२ स्थित नवनिर्मित बैंकको …

प्रतिकृया दिनुहॊस