चन्द्रमामा पनि भूकम्प

भुइँचालो पृथ्वीमा मात्र जाँदैन। चन्द्रमामा पनि जाने अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले जानकारी दिएको छ। यतिबेला चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुइँचालो गइरहेको छ। म्युजियमका अनुसार चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको छ। अहिलेसम्म चन्द्रमा ५० मिटरजति खुम्चिसकेकाले नै त्यहाँ भुइँचालो गइरहेको म्युजियमले जनाएको छ।

केही चकम्प ५ रिक्टर स्केलसम्मका पनि छन्।म्युजियमका वैज्ञानिक टमस वेटर्सका अनुसार चन्द्र सतह खुम्चिँदा त्यहाँ पनि फल्ट (धाँजा) बनिरहेका छन्। एउटा सतह अर्कोमाथि खप्टिइरहेका छन्।

यसबाट तीव्र गतिमा चकम्प आइरहेको उनको भनाइ छ। यस्ता फल्ट भ¥याङजस्तै छन्। कुनै कुनै त १० मिटरसम्म अग्ला छन्। यी कैयौं किलोमिटर क्षेत्रमा फैलिएका छन्।

एजेन्सी 

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस