कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब र वृद्धभत्ता दुबै बढ्ने भएको छ। पपुलिष्ट बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आवमा कर्मचारीको तलब अधिकतम २५ प्रतिशतसम्म र वृद्धभत्ता एक हजार थप्ने तयारी गरेको वताएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व बजेट छलफल सम्बन्धी विभिन्न कार्यक्रममा स्रोतले भ्याएसम्म चुनावी प्रतिबद्धताअनुसार बजेट बनाउने उल्लेख गरिसकेका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको पूर्वबजेट सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा आफू रहेको भनेका थिए ।

आगामी आर्थिक वर्षमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म वृद्धि गर्ने र सामाजिक सुरक्षा भत्ता दोब्बर बढाउने तयारी सरकारले थालेको हो।

आर्थिक वर्ष २०६७/०६८ देखि ७० वर्षमाथिको उमेरलाई जेष्ठ नागरिक मानी वृद्धभत्ता प्रदान गर्न थालिएको हो। मासिक एक सय रुपैयाँबाट सुरु गरिएको यो वृद्धभत्ता आर्थिक वर्ष २०६९/०७० मा पाँच सय रूपैयाँ पुग्यो। त्यसपछि आर्थिक वर्ष २०७२÷०७३ मा नेपाली कांग्रेसको सरकारले वृद्ध भत्ता दोब्बर गरी एक हजार रूपैयाँ पुर्यायो। नेपालमा साढे २८ लाखले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन्। त्यसमध्ये ७० वर्ष नाघेका वृद्धभत्ता लिनेको संख्या करिब १२ लाखको हाराहारीमा छन्। सरकारले लोपोन्मुख आदिबासी जनजाती र लोपोन्मुख तथा पूर्ण अशक्त अपाङलाई मासिक २ हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको छ।

६० वर्ष पुगेका कर्णालीबासी एक हजार, जेष्ठ नागरिक अन्य तथा दलित एक हजार, एकल र विधवा महिलाले पनि मासिक एक हजारका दरले भत्ता पाउँदै आएका छन्। कर्णाली प्रदेशका बालबालिका तथा दलितले चार सय रुपैयाँ र अति अशक्त अपाङले मासिक ६ सयका दरले भत्ता पाउँदै आएका छन्।

सरकारले करिब साढे २८ लाख भत्ता पाउने नागरिकलाई भत्ता बाड्न चालु आवमा ४१ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ। करिब १५ खर्ब बजेट ल्याउने तयारी सरकारले गरेको छ। संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले हरेक वर्ष १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ भने प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सम्बन्धित संसद र सभामा प्रस्तुत गर्नुपर्ने अहिलेको व्यवस्था छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस