‘अनुशासनभित्र रहेर बजेट ल्याउँछौं’-अर्थमन्त्री खतिवडा

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट अनुशासनभित्र रहेर ल्याउने प्रतिवद्धता गरेका छन्। अर्थमन्त्रालयमा मंगलबार मुलुकभित्र रहेका प्रमुख दाताका प्रतिनिधीसँगको छलफलमा वताएका छन्। आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता लगायतका लोकप्रिय कार्यक्रम समेट्ने विभिन्न फोरममा बताउँदै आएका छन् ।अर्थमन्त्री खतिवडाले दातासँग अनुशासनभित्र रहेर बजेट ल्याउने प्रतिवद्धता जनाएका हुन्। अर्थमन्त्री खतिवडाले बजेटको प्राथमिकता र नेपालको आवश्यकताका बारेमा विफ्रिङ गर्दै पूर्वाधार,पर्यटन र कृषिमा लगानी बढाउन आग्रह गरे।

डा. युवराज खतिवडाले दाताहरुको सहयोगमा संचालित आयोजनाको शोधभर्ना छिटो गर्न समेत आग्रह गरे। दाताको सहयोगमा निर्माण भइरहेका केही पूर्वाधार परियोजनाको शोधभर्ना समयमा नभएका कारण ठेकेदार कम्पनीले काम रोक्ने गरेका छन्। पछिल्लो समयमा राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठेकेदारले भूक्तानी नपाएको भन्दै काम ठप्प पारेको छ। दाताहरुले भने सरकारको खर्च क्षमतामै प्रश्न उठाएका थिए। उनीहरुले सरकारले पूँजीगत खर्च गर्न नसकेको र तीब्र आर्थिक विकासका लागि खर्च गर्ने क्षमता बढाउन आग्रह गरेका थिए।

‘सरकारको खर्चको प्रवृति अहिले पनि उस्तै छ। तीब्र आर्थिक विकासका लागि पूँजीगत खर्च तोकिएकै समयमा सक्नुपर्छ।’ दाताहरुले भनेका थिए भने उनीहरुले आयोजनाको गुणस्तरमा समेत प्रश्न उठाएका थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस