सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको १५.४८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको  १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको बोनस दिने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने लाभांश कर भने सेयरधनी आफैले व्यहोर्नु पर्ने छ । संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृति दिई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस पाउने छन्

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस