विधेयक फिर्ता गर्न संचारमन्त्रीसंग कुरा गर्छु– सभामुख

काठमाडौं । संघीय संसदका सभामुख कृष्णबहादुर महराले मिडिया काउन्सिल विधेयकबारे आफू गम्भीर  भएको बताएका छन् ।

उनले संसदमा गत बिहीबार दर्ता भएको विधेयकका बारेमा प्रेस  क्षेत्रमा चर्को विरोध भएकाले त्यसलाई फिर्ता गर्न वा समन्वयकारी भूमिका खेल्न आफू तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियनका पदाधिकारीसँग ज्ञापनपत्र बुझ्दै सभामुख महराले संसदमा दर्ता भएको विधेयक फिर्ता लिन सकिन्छ कि भनेर संचारमन्त्री गोकुलप्रसाद बास्कोटासंग कुरा गर्ने बताएका छन् ।

संचारमन्त्री बास्कोटाले संसदमा दर्ता गरेको विधेयकले प्रेसलाई स्वतन्त्र भएर काम गर्न दिँदैन । समाचारकै निहुँमा पत्रकारले १० लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । यसको देशभरी कार्यरत पत्रकारले विरोध गरिरहेका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस