श्रीलंकामा तनाव कायमै, रातिमा देशभर कर्फ्यु

काठमाडौं । श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै हिंसात्मक घटना बढेर गएका छन् । मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकाभर रातिमा कर्फ्यु लगाइएको छ ।धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएको छ ।

धेरै स्थानमा भिड नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार गरिएको छ । यद्यपि यस हिंसामा कोही हताहत भएको खबर छैन ।श्रीलंकामा इस्टर सन्डेको बेला चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएको थियो । यो आत्मघाती हमलाबाट २५० भन्दा बढीको मृत्यु भएको थियो ।

यो घटनापछि श्रीलंकामा तनावको वातावरण कायमै छ । यद्यपि यसअघि श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेका थिए । त्यसको केही दिनपछि नै हिंसात्मक घटना बढेका हुन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस