सिटिजन लाईफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन ६७ करोड बढी

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सले ६७ करोड भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको आर्थिक वर्ष ७५-७६ को तेश्रो त्रैमासको वित्तिय विवरणमा ६७ करोड बढी बीमा शुल्क आर्जन गरेको जनाइएको छ ।

कम्पनीको हाल पूँजी १ अर्ब ७५ करोड रहेको छ । कम्पनीको जगेडा कोषमा २१ करोड ११ लाख रुपैयाँ संचित छ । जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास भन्दा १६० प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष ८६४ प्रतिशतले वृद्धि हुँदै ४० करोड ४७ लाख पुगेको छ ।

कम्पनीले तेश्रो त्रैमास सम्म ६७ करोड ८१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ६५ करोड ५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम २५० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले ३८ हजार २ सय ८७ बीमा लेख जारी गरेको छ । कम्पनीले तेश्रो त्रैमास सम्म १२ करोड १४ लाख खुद नाफा गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव

काठमाडौँ । जीवन बिमा कम्पनीहरूबिच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले …

प्रतिकृया दिनुहॊस