को बन्छ करोडपतिमा राजिवले जिते १ करोड

काठमाडौं । एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपति’मा विराटनगरका राजिव जैनले १ करोड जित्न सफल भएका छन् । एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको ‘को बन्छ करोडपति’को ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको जवाफ सही जवाफ दिएर १ करोड जितेका हुन् । अघिल्लो हप्ता ४१ औं १३ वटा प्रश्नको जवाफ दिई २५ लाख जितिसकेका थिए ।

नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमाले सञ्चालन गर्दै आएको ‘को बन्द करोडपति’मा १ करोड जित्ने जैन पहिलो प्रतियोगी बनेका हुन्। २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा भएको थियो ? भन्ने १५ औं तथा अन्तिम प्रश्नको वि.सं २०१४ माघ १९ गते  उत्तर दिँदै उनले १ करोड जितेका हुन् ।

अन्नपूर्णबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस