नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन ४२ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ४२ प्रतिशतले बढेको छ। कम्पनीले यस आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म १५ अर्ब ३६ करोड बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा १० अर्ब ७७ करोड आर्जन गरेको थियो।

बीमा शुल्क आर्जनसँगै लगानी समेत बढ्दा कम्पनीको नाफा बढेको छ।

समीक्षा अवधिमा नाफा ७. २१ प्रतिशतले बढेको छ। कम्पनीले यस आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ४६ करोड ७२ लाख खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा ४३ करोड ५७ लाख कमाएको थियो।

कम्पनीले ६७ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ। गत वर्षको यस अवधिमा यस्तो लगानी ५४ अर्ब रहेकोमा २२ प्रतिशतको वृद्धि भएको छ। बीमालेखको संख्या कम्पनीले हालसम्म १२ लाख ३९ हजार २४८ पुर्याएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा छ। ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजीका आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा ठूलो जीवन बीमा कम्पनी हो।

लगानीकर्तालाई उत्कृष्ट लाभांश प्रदान गर्दै आएको कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस र साढे २३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो।

चैत मसान्तसम्म कुल ५ अर्ब ८८ करोड दावी भुक्तानी गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस