‘हर्ट अट्याक’ हुन लागेको पहिल्यै थाहा पाउन सकिन्छ, यस्ता छन् लक्षण

काठमाडौं । पछिल्लो समय हृदयघातका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । अस्वस्थ्य खानपान, योग व्यायाम, शारीरिक कसरतअदीका कमीका कारण यस्तो समस्यामा बृद्धि भइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । जसका कारण बेलैमा यसबारे सचेतता अपनाउन सकियो भने यसको असरलाइ न्यूनिकरण गर्न सकिन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ ।

तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न कुनै किसिमको संकेत भने दिन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सचेत हुनु जरूरी छ । यहाँ दिइएकामध्ये कुनै पनि लक्षण देखिएमा तत्काल चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।

१ थकान – कहिलेकाहीँ थकित हुनु त सामान्य हो । बेस्सरी काम गर्ने सबैलाई थकान त लागिहाल्छ । तर ससानो काम गर्दा पनि थकाइ लाग्न थाल्यो भने बुझ्नुस्, मुटुलाई दबाब पर्दैछ । मुटुले पर्याप्त मात्रामा रगत पाइरहेको छैन र हृदयघात हुन सक्छ भन्ने लक्षण हो यो ।

२ छातीमा दबाब – छाती बाउँडिएर आउनु भनेको हृदयघातको चेतावनी हो । मुटु बेस्सरी धड्किने र छाती, पिठ्युँ, दाह्रा, घाँटी, पाखुरा वा माथिल्लो पेट दुख्ने गरेमा पनि हृदयघात हुन सक्छ ।

३ सास फेर्न अप्ठेरो – सास फेर्न गाह्रो हुनु भनेको तपाईंको फोक्सोमा पर्याप्त अक्सिजन नपुगेको हो र धमनी ब्लक भएको संकेत हो । सास फेर्न गाह्रो हुने काम नियमित भइरह्यो भने खतराको घन्टीका रूपमा बुझ्नुपर्छ ।

४ कमजोरी – तपाईं कमजोर र ऊर्जाहीन महसूस गरिरहनुभएको छ भने तपाईंका मांसपेशीले पर्याप्त अक्सिजन नपाएको लक्षण हो । हृदयघातको पहिलो चेतावनी हो यो ।

५ चक्कर र चिसो पसिना – यस्तो लक्षण देखियो भने तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ । बेस्सरी पसिना चुहिनु हृदयघातको प्राथमिक लक्षण हो र दिमागमा अक्सिजन नपुग्दा यस्तो हुन जान्छ ।

६ रुघा र ज्वरो – जाडोमा रुघा लाग्नु र ज्वरो फुट्नु स्वाभाविक हो । तर धेरै मान्छेलाई हृदयघातको एक महिनाअघि यस्ता लक्षण देखिन्छन् भन्ने थाहै छैन । खोक्दा शरीरको रक्तसञ्चार सहज हुन्छ ।

मुटुरोगबाट बच्नका लागि सात्विक आहार गर्ने, चुरोट नपिउने, रक्सी नपिउने, पर्याप्त सुत्ने र नियमित अभ्यास गर्ने गर्नुपर्छ । साथसाथै चिन्ता र तनाव नलिने गर्नुभयो भने पनि हृदयघात हुँदैन । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस