काठमाडौंको तापक्रम हिजोभन्दा आज २ डिग्री कम, तीन दिन बादल र वर्षा

काठमाडाै । भुमध्यसागरबाट आएको न्यूनचापीय प्रणालीले देशभरिको मौसममा बदली भएको छ। बादल र वर्षाले काठमाडौं उपत्यकामा आइतबारको तुलनामा सोमबार झन्डै २ डिग्री तापक्रम घटेको छ।

आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.८ डिग्री थियो भने  सोमबार उक्त तापक्रम १३ डिग्री मापन भएको छ। आइतबारको उच्चतम तापक्रम ३२.२ डिग्री पुगेको थियो आज त्यो पनि घट्नेछ। पछिल्लो २४ घन्टामा उपत्यकामा ८ मिलिमिटर पानी परेको र सोमबार अपरान्हपछि वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘भूमध्यसागरमा बनेको न्यूनचापीय प्रणालीले अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल पसेको छ। धेरै बलियो प्रणाली त छैन तर बुधबारसम्म बादल र छिटफुट वर्षाको सम्भावना छ,’ महाशाखाका मौसमविद्  सुवास रिमालले भने।

यस्तो छ तीन दिनको मौसमपूवार्नुमान

वैशाख ३० गते (सोमबार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन वर्षाको सम्भावना रहेको छ। मध्य क्षेत्रका केहि स्थानहरूमा र पूर्वी तराईमा हावाहुरी को सम्भावना छ।

राति: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका पहाडी भू-भागहरू र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ।

वैशाख ३१ गते (मंगलबार)

दिउँसो: देशभरि  आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ।

राति: देशभरि  आंशिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०१ गते (बुधबार)

दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ।

राति: देशभरि  आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भू-भागमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामीलाई मुख्यमन्त्री दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्रीको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल …

प्रतिकृया दिनुहॊस