बर्दिबासमा राेकिराखेकाे ट्रकमा टिपर ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु

जनकपुर । महोत्तरीको बर्दिवास नगरपालिका-५, माइस्थान चाेकमा साेमबार बिहान १ बजे ट्रक र टिपर ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

ना६ख ३०२० नम्बरको राेकिराखेकाे ट्रकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा५ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा २ जनाकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुबै गाडीका सहचालकको मृत्यु भएको प्रहरीले अनुमान गरेकाे छ। मृत्यु हुनेको नाम र ठेगाना खुलेकाे छैन। दुबै चालकलाई सामान्य चाेटपटक लागेकाेले बर्दिवासस्थित शुभ स्वथित अस्पतालका उपचार भइरहेको बर्दिबासस्थित इलाका प्रहरी कार्यालयले जनाएकाे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण …

प्रतिकृया दिनुहॊस