अगाडिको चक्का बिनानै पाइलटले गराए विमान अवतरण, सबै सकुशल

यांगुन । म्यान्मारका एक जना पाइलटले विमानको  अगाडि भागको चक्का बिना नै सो बिमान सकुशल अवतरण गराएका छन् । ल्यान्डिङ गियर फेल भएपछि उनले आइतबार चक्काबिना नै विमान अवतरण गराएका हुन् । म्यान्मारको राष्ट्रिय एयरलाइएन्स मन्डले विमानस्थलमा सो विमानलाई अवतरण गराइएको हो ।

सो अवतरणका क्रममा सबै ८९ जना यात्रुलाई कुनै पनि चोट नलागेको बताइएको छ । उनले कुशलतापूर्वक विमान अवतरण गर्न सकेकोमा पाइलटको सबैले सह्राना गरेका छन् । क्याप्टेन म्याट मो आङले एयर ट्राफिक कन्ट्रोलरको अनुमति लिनका लागि विमानलाई दुईपटक विमानस्थलमाथि घुमाएका थिए ।

सो विमानले यांगुनबाट उडान भरेको हो । पाइलटले प्रयास गर्दापनि अगाडिको ल्यान्डिङ गियरले काम गरिरहेको थिएन । त्यसपछि उनले आपतकालीन अवस्थामा गर्नुपर्ने प्रक्रिया अपनाएर विमान अवतरण गराएका थिए । सो विमान रोकिनु भन्दा अघि २५ सेकेण्ड जति हल्लिएको थियो ।

म्यान्मारका यातायातमन्त्री विन खान्टले पाइलटले राम्रो काम गरेको बताएका छन् । म्यान्मारमा दोस्रो पटक एक हप्ताकै बीचमा यो हवाई दुर्घटना भएको हो । गएको बुधबार विमान बंगलादेश एयरलाइन्सको विमान पनि खराब मौसमका कारण यांगुन विमानस्थलमा चिप्लिएको थियो । त्यसमा कम्तिमा १७ जना मानिस घाइते भएको बीबीसीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस