नेपालको जय नभनेर के इण्डिया अथवा चीनको जय भन्‍ने ? : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ‘मिडिया काउन्सिल विधेयक’ ल्याएर पत्रकारका लागि कू गर्न खोजेको वताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा  धारणा राख्दै सभापति देउवाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप कदापि स्वीकार्य नहुने बताए ।

पत्रकारहरुबाट ‘जय नेपाल’ शब्दको अपव्याख्याबारे सोधिएको प्रश्‍नमा सभापति देउवाले नेपालको जय नभनेर के इण्डिया वा चीनको जय भन्‍ने भन्दै प्रतिप्रश्‍न गरेका थिए । जय नेपाल, नेपालको जय नभनेर के इन्डियाको जय भन्ने ? के चीनको जय भन्ने ?”

केहिदिन पहिले सञ्‍चारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले पत्रकारको ‘मेरो सरकार’ किन फेरिएन भन्‍ने प्रश्‍नको जवाफमा भनेका थिए, “पैला कसले भन्याथ्यो भन्‍न हो भने डिक्‍सनरीबाट त्यो डिलिट गर्दिन पर्‍यो । मेरो सरकार डिलिट गरिनुपर्‍यो, परेन र ? त्यो त राख्‍नै भएन नेपाली शब्दकोशमा । त्यस्तै हेर्नुहुन्छ भने ‘जय नेपाल’ पनि डिलिट गर्नुपर्छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस