गण्डकी विकास बैंकको नाफा बढ्यो

काठमाडौं ।   गण्डकी विकास बैंकले चालु आ.व.को तेस्रो त्रैमाससम्ममा ३९ करोड ३ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यस अवधिको तुलनामा नाफा १४ दशमलव ६६ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २१ दशमलव ८९ प्रतिशतले बढेर ८५ करोड ९७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । बैंकले गत वर्ष यसै अवधिमा ७० करोड ५३ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले चैत मसान्तसम्म २७ अर्ब ४८ करोड ९२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब १९ करोड १८ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक …

प्रतिकृया दिनुहॊस