कंगनाले ऋतिकलाई भनिन्- रून्चे कथा नसुनाउ

काठमाडाैँ । अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनौटको व्यक्तिगत सम्बन्ध एकदमै तिक्ततापूर्ण रहेको छ। कंगनाको नजरमा ऋतिक ‘सिल्ली एक्स’ हुन्।

त्यसैले बेलाबेलामा ऋतिकको खुट्टा तान्ने अवसरलाई उनी खेर फाल्दिनन्। गत साता दुबैको आगामी सिनेमा ‘सुपर ३०’ र ‘मेन्टल है क्या’ एकै मितिमा रिलिज हुने भएपछि मिडिया सिनेमाका रिलिजसम्म यी दुईका गसिपले भरिने अनुमान भयो।

तर एकै मितिमा सिनेमा रिलिज हुने समाचार बाहिरिएको केहि दिनमा नै ऋतिकले सम्भावित ‘मानसिक प्रताडना र मिडियाका नौटंकीहरूबाट बच्न’ सिनेमाका निर्मातालाई रिलिज सार्न अनुरोध गरेको समाचार सार्वजनिक भयो। उनको सो संकेत स्पष्ट रूपमा कंगनाप्रति लक्षित थियो। ऋतिकको यस्तो भनाइ आएपछि कंगनाकी बहिनी रंगोलीले ट्वीटरबाट ऋतिकको लिनुसम्मको हुर्मत लिइन्।

रंगोलीपछि ऋतिकको पछिल्लो बयानमा कंगनाले पनि प्रतिक्रिया जनाइन्। उनले ऋतिकलाई रून्चे कथा नसुनाउन सुझाव दिएकी छिन्।

‘ऋतिक रोशन, मधु तेना वर्मा तथा एकता कपुरले आपसी सल्लाह गरेरै ‘सुपर ३०’को रिलिज सार्दै ‘मेन्टल है क्या’ जुलाई २६ मा रिलिज गर्ने सहमति गरेका हुन्’, कंगनाले भनिन्, ‘यस्तोमा उनले किन यस्तो दुःख लाग्दो रून्चे कथा लेखे? मलाई थाहा छैन। म खुशी छु ‘मेन्टल है क्या’ रिलिज हुँदैछ। म मेरी निर्माता एकता कपुरलाई पुरूषप्रधान जगतमा आफ्नो बाटो बनाउन सकेकोमा सलाम गर्छु।’

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस