पोखरामा नेशनल बैंकिङ इन्स्टिच्युट सम्मेलन

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) ले पोखरामा पहिलो पटक ‘बैंकिङ टुडे एन्ड टुमरो’ सम्मेलन गरेको छ । सम्मेलनमा विभिन्न बैंकिङ प्रतिष्ठानका करीब सय प्रतिनिधि सहभागी भएका छन् ।

उक्त सम्मेलनको नेपाल राष्ट्र बैंक, पोखरा प्रमुख डा. डिल्लीराम पोखरेल र नेशनल बैंकिङ इन्स्टिच्युटका सन्जीव सुब्बाले उद्घाटन गरे ।

सम्मेलनमा बैंकिङ (एसएमई लोन), राष्ट्रिय अर्थतन्त्रमा बैंकको भूमिका, उत्पादक क्षेत्रमा अवसरको चर्चा लगायतका विषयमा चर्चा भएको छ । कार्यक्रममा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ नैतिकतामा ध्यान दिनुपर्ने उल्लेख गर्र्दै त्यसका मार्गदर्शक सिद्धान्तमा जोड दिए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले वित्तीय प्रणाली र अर्थव्यवस्थामा बैंकको भूमिका स्पष्ट पारेका हुन् । त्यस्तै, बंंैकिङ विशेषज्ञ अनलराज भट्टराईले एसएमई लोन, यसका समस्या र सम्भावनाका बारेमा बताए । कार्यक्रममा विभिन्न बैंकका पुजनराज अर्याल, मोहन के.सी र अमित श्रेष्ठले वर्तमान मुद्दा र चुनौतीका विषय उठाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस