आईपीएल फाइनल : रोहित मुम्बई भर्सेज चेन्नाई, उपाधि कसको पक्षमा ?

आईपीएलका सबैभन्दा सफल दुई टीम मुम्बई ईन्डियन्स र चेन्नाई सुपर किंग्स याे संस्करणकाे उपाधिका लागि आज (आइतबार) प्रतिस्पर्धा गर्दैछन् । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा यो खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई र रोहित शर्माको कप्तानीमा रहेको मुम्बई, यी दुई बलिया टोलीबिच हुने फाइनल भिडन्त निकै रोमाञ्जक हुने अपेक्षा क्रिकेट प्रेमीले गरेका छन् ।

मुम्बईले यो सिजनमा खेलिएका तीन खेलमा चेन्नाईलाई पराजित गरेको छ । लिग चरणका दुई र एक क्वालिफायर खेलमा मुम्बईले चेन्नाईलाई हराएको हो ।
पहिलो क्वालिफायरमा पराजित भएपछि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउदै चेन्नाई फाइनल पुगेको हो ।

अघिल्ला तीन खेलमा हारको बदला लिने र उपाधि रक्षा गर्ने रणनीतिका साथ चेन्नाई मैदान उत्रने छ ।

त्यस्तै जारी सिजनमा तीनपटक चेन्नाईलाई पराजित गरेको मुम्बई फाइनलमा पनि उसलाई हराउने बलियो आत्मविश्वाससहित मैदानमा भिड्ने छ ।

फाइनल उपाधि कसको पक्षमा जाला यो त्यसै अनुमान गर्द सकिँदैन किनभने मुम्बई र चेन्नाई सबैभन्दा धेरै पटक फाइनल पुग्ने आईपीएलका दुई सफल र उत्कृष्ट टीम हुन् । दुवै टोलीले अहिलेसम्म तीन-तीन पटक उपाधि चुमेका छन् ।

आजको फाइनल खेल जित्दै चेन्नाई अथवा मुम्बई सर्वाधिक फाइनल जित्ने टोलीमा आफ्नो नाम दर्ज गर्नेछ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले अहिलेसम्म चार पटक फाइनल खेलेको छ भने तीन पटक उपाधि कब्जा गरेको छ । उसले सन २०१३ र सन २०१५ गरी दुईपटक फाइलनमा चेन्नाई सुपर किंग्सलाई नै पराजित गरेको थियो ।

त्यस्तै तीनपटकको च्याम्पियन चेन्नाई सुपर किंग्स आठौँ पटक फाइनल पुगेको छ । चेन्नाई चारपटक फाइनलमा पराजित भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस