इङ्ल्याण्डसंग पाकिस्तानकाे १२ रनको हार

एजेन्सी । दोस्रो वन डे क्रिकेटमा इङ्ल्याण्डसंग पाकिस्तान १२ रनले पराजित भएको छ । ३ सय ७४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेट गुमाएर ३ सय ६१ रनमात्र बनाउन सक्यो ।

फरक जमानले १ सय ३८ रन बनाएको ईनिङ्मा बाबर आजम र असिफ अलीले समान अर्धशतकीय ईनिङ्स खेलेका थिए । कप्तान सर्फराज अहमदले ४१ र इमाम उल हले ३५ रन बनाएका थिए ।

ईङ्ल्याण्डको डेभिड विली र लिम प्लङकटले समान २-२ विकेट झारेका थिए ।

यसअघि, पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको ईङ्ल्याण्डले निर्धारित ओभरमा ३ विकेट गुमाएर ३ सय ७४ रन बनाएको थियो ।

जोस वटलरले नटआउट १ सय १० रन बनाएको ईनिङ्समा जासन रोयले ८७, इयान मोर्गानले ७१ रन बनाएका थिए । जोनी बेयरस्टोले ५१ र जोए रुटले ४० रन बनाएका थिए ।

पाकिस्तानमा साहिन शाह अफ्रिदी, हसन अली र यासिर शाहले समान एक एक विकेट लिएका थिए ।

पाँच म्यानको सिरिजमा ईङ्ल्याण्ड १–० ले अघि बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस