नेयमारको गाेलमा पीएसजीको जित

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानमा एङ्गर्सलाई २–१ गोल अन्तरले हराएको छ । नेयमार र एन्जल डि मारियाले गोल गरेपछि लिग च्याम्पियन पीएसजीले २–१ को जित निकालेको हो ।

नेयमारले २० औ मिनेटमा गोल गर्दै पाहुना टिम पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

विपक्षी समर्थकमाथि मुक्का प्रहार गरेको भन्दै नेयमारलाई कारबाही स्वरुप तीन खेलको प्रतिबन्ध लगाएपछि उनले सिजनको बाँकी खेल गुमाउने सम्भावना छ । तर शनिबार राति उनले सिजनको २३ औ गोल पुरा गरे ।

एन्जल डि मारियाले ५८ औ मिनेटमा पीएसजीको अग्रता दोब्बर पारेका थिए ।

डिफेन्डर मार्किन्होसले ८५ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सिमित भएको थियो । त्यसको तीन मिनेट पछि फ्लेभियान टेइटले गोल गर्दै एङ्जर्सलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त हुन सकेन ।

पछिल्लो जितले लिग जितेको पीएसजीको ८८ अंक छ । एङ्गर्स ४५ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।

नेयमारमाथिको निलम्बन सोमबारबाट लागु हुनेछ । नेयमार र पीएसजीले काराबही फुकुवाका लागि निवेदन समेत दिएका छन् । कारबाहीले नेयमारले सिजनको अन्तिम दुई लिग खेल गुमाउनेछन् । यदी अपिल सफल नभएमा नेयमारले च्याम्पियन्स ट्रफीको खेल समेत गुमाउनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस