सलमानलाई किन मन पराउँछन् नयाँ पुस्ता ? यस्तो छ कारण

काठमाडौं । भारतीय सुपरस्टार सलमान खान र फिल्म मेकर अली अब्बास जफर फिल्म ‘भारत’सहित तेस्रो पटक सँगै काम गर्दैछन्। फिल्म निर्माण टिमले यसको प्रमोटका निम्ति कुनै कसर बाँकी छाडेको छैन।

हालै एक अन्तर्वार्ताको क्रममा अली अब्बासलाई सोधियो कि ‘सलमानलाईयुवा दर्शक किन मन पराउँछन्?’ अब्बासले जवाफ दिए की सलमानको बेफिक्री शैलीका कारण नयाँ पुस्ता उनीसँग सजिलै जोडिन्छन्।

उनले बताए, ‘सलमान टल्क शो मा आएर मनमा जे आउँछन् त्यही बोल्न बोल्न सक्छन्। उनी सोच्दैनन् कि मानिस उसको बारेमा के सोच्छन्।’

अलीका अनुसार उनुसार उनीहरू सलमानको व्यक्तित्वबाट पनि प्रभावित हुन्छन्। ‘मलाई लाग्छ कि उनको अभिनय पनि निकै परिपक्व छ,’ अली सलमानको प्रशंसा गर्दै भन्छन्।

सलमान अभिनित फिल्म भारतमा कट्रिना कैफ र दिशा पाटनी मुख्य भूमिकामा छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस