अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९ ‘

काठमाडौं । यस वर्षको ‘मिस नेपाल वर्ल्ड २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन्। ७ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले ‘मिस नेपाल’को उपाधि जितेकी हुन्।

‘ तपाइको विचार अधिकार र कर्तव्‍य कुन बढी जिम्मेवारी हुन्छ’ भन्‍ने प्रश्नको जवाफ दिएर मिस नेपालको उपाधि जितेकी हुन्। उनले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन्।

यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।उनलाई गत वर्षकी मिस नेपाल युनिभर्स मनिता देवकोटाले क्राउन लागइदिएकी थिइन्।

प्रदिप्ताले ‘मिस युनिभर्स’मा सहभागिता जनाउनेछिन्। उनले नगद १ लाख नगद पनि प्राप्त गरेकी छिन्। यस्तै मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन्।यस्तै ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले जितेकी छिन्। उनलाई गत वर्षकी ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि रोनाली अमात्यले ताज पहिर्‍याइदिएकी थिइन्।

त्यस्तै मिस नेपाल अर्थको उपाधि रिया बस्‍नेतले जितेकी छन्। उनलाई गत वर्षकी मिस नेपाल अर्थ प्रिया सिग्देलले क्राउन लगाइ दिएकी थिइन्। उनले ‘मिस अर्थ’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् भने १ लाख पुरस्कार पनि प्राप्त गरिन्।

यस्तै मिस बेस्ट एथलेट्सको उपाधि प्रदिप्ता अधिकारी, मिस कन्फिडेन्टको उपाधि निशा पाठक, मिस फ्यासिनोको उपाधि अनुष्का श्रेष्ठलाई, मिस पपुलर च्वाइस्‌को उपाधि रिया बस्‍नेत र ब्‍यूटी विथ पर्पसको उपाधि नितिका कर्माचार्याले पाइन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस