नेपाल विद्युत् प्राधिकरण : स्वामित्वमा रहेका १४ आयोजनाबाट लक्ष्यभन्दा ८ प्रतिशत कम विद्युत् उत्पादन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेका १४ विद्युत् आयोजनाको गत वर्ष लक्ष्यभन्दा कम विद्युत् उत्पादन भएको छ । प्राधिकरणले तय गरेको ऊर्जा उत्पादनको लक्ष्यभन्दा यी आयोजनाबाट ८ प्रतिशत कम विद्युत् उत्पादन भएको हो ।

गत वर्ष प्राधिकरणका आयोजनाबाट लक्ष्यभन्दा १ लाख १५ हजार ५ सय २३ मेगावाट आवर ऊर्जा कम उत्पादन भएको छ । प्राधिरकणले गत वर्ष यी १४ वटा आयोजनाबाट १४ लाख ८३ हजार ८ सय मेगावाट आवरभन्दा बढी ऊर्जा उत्पादनको लक्ष्य राखेको थियो । लक्ष्यमध्ये १३ लाख ६८ हजार ३ सय ५५ मेगावाट आवर ऊर्जा उत्पादन कम भएको छ ।

प्राधिकरणको स्वामित्वमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ६० मेगावाटको कुलेखानी, २४ मेगावाटको त्रिशूली, १५ मेगावाटको गण्डकजस्ता आयोजनाबाट विद्युत् उत्पादन कम भएको हो ।

गत आर्थिक वर्ष कुलेखानी पहिलो र दोस्रोबाट लक्ष्यभन्दा क्रमशः ३७ र ३१ प्रतिशत कम विद्युत् उत्पादन भएको थियो । कुलेखानी प्रथम र कुलेखानी दोस्रो क्रमशः ९० र ६० मेगावाट क्षमताका आयोजना हुन् । यी आयोजनाबाट गत वर्ष क्रमशः करिब ९८ हजार मेगावाट आवर र ४६ हजार मेगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस