पञ्चकन्या माई हाइड्रोपावरको साधारणसभा जेठ २० गते हुने

काठमाडौं– पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा जेठ २० गते हुने भएको छ । कम्पनीको गत बैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो र तेस्रो साधारणसभाको मिति तय गरेको हो ।

साधारणसभामा आर्थिक वर्ष २०७३/७४ र ७४/७५ को वासलात, नाफा नोक्सान र नगदप्रवाह वितरण लगायतका  विषयमा छलफल गरी पारित गर्ने कार्यसूची रहेको कम्पनीले वताएको छ । साधारणसभाले चालुवर्षको लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले निर्माण गरेको ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ र १२ मेगावाटको माथिल्लो माई जलविद्युत आयोजनाले विगत लामो समयदेखि विद्युत उत्पादन गर्दै आएका छन् । साधारणसभा कुपण्डोल ब्याङ्क्वेटमा ११ बजेदेखि सुरु हुने कम्पनीले वताएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस