एनएमबि बैंकले १९.९३% ले बढायो नाफा, ब्याज आम्दानी पनि उत्साहजनक

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको १९.९३% ले बढी हो । गत वर्ष यसले १ अर्ब ३७ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । साथै, यो अवधिमा बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
यता, खुद ब्याज आम्दानीमा पनि उत्साहजनक रुपमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ५०.८३% ले बढेर ३ अर्ब ९ करोड ४१ लाख ९९ हजार रुपैयाँ पुगेको हो । गत वर्ष खुद ब्याज आम्दानी २ अर्ब ५ करोड १३ लाख ६३ हजार रुपैयाँ थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा २३.३०% ले बढेर २ अर्ब ३४ करोड ९१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ९० करोड ५१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
चैत मसान्त सम्म एनएमबिको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा २ अर्ब ४३ करोड ९९ लाख १ हजार रुपैयाँ राखेको छ । त्यस्तै, रिटेन्ड् अर्निङमा २ अर्ब १८ करोड ३ लाख ८ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ९३ अर्ब ९६ करोड २६ लाख निक्षेप संकलन गरेर ८७ अर्ब २ करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
एनएमबिको प्रतिसेयर आम्दानी यस अवधिमा १ रुपैयाँ २४ पैसाले बढेर २२ रुपैयाँ ८९ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६५ पैसा थियो । एनएमबिको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा रहेको छ । यता, बैंकको खराव कर्जा गत वर्षको यसै अवधिको तुलनामा ०.३१% ले घटेर ०.७९% आएको छ । गत वर्ष यसै अवधिमा खराव कर्जा १.१०% थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको …

प्रतिकृया दिनुहॊस