धावन मार्गमै विमानमा आगो लाग्यो ४१ जनाको मृत्यु

काठमाडाैँ । रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी समाचार संस्थाले जनाएका छन्।

 रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। ७८ जना यात्रुहरू रहेको जेट विमानबाट केही मानिसहरु निस्किएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन्।  उक्त विमान आपत्‌कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको  छ।

चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको उसको भनाइ छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाका वस्तुस्थितिबारे अवगत गराइएको बताइएको छ र उनले पीडितका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका

काठमाडाैं । रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै …

प्रतिकृया दिनुहॊस