मुक्तिनाथले कमायो ६० करोड २० लाख नाफा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६० करोड २० लाख  ७५ हजार रुपैयाँ नाफा  कमाएको छ ।  अघिल्लो आ.व. को ९ महिनामा कमाएको ४२ करोड ७५ लाख नाफालाई यो आ.व.को सोही अवधिमा ६० करोड २० लाख पुर्याउँदा नाफाको आकार ४०.८८ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्ष २४ अर्ब ५४ करोड निक्षेप र २१ अर्ब ९९ करोड कर्जा प्रवाहको अवस्थालाई क्रमशः ७०.०३ प्रतिशत र ६५.७६ प्रतिशतले वृद्धि गर्दै बैंकले निक्षेप ४१ अर्ब ८० करोड र कर्जा ३६ अर्ब ४५ करोड पुर्याएको छ ।

बैंकको कस्ट अफ फण्ड ८.७४ प्रतिशत, बेसरेट ११.२९ प्रतिशत, आरओई १९.५० प्रतिशत, र ब्याजको स्प्रेडदर ४.९९ प्रतिशत छ ।

बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ १९ पैसा, मूल्य आम्दानी अनुपात १३.६७, तरलता अनुपात २२. ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ३३ पैसा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस