त्रिशूली–काठमाडौं प्रसारण लाइनको परीक्षण आगामी साता

काठमाडौं ।त्रिशूली–काठमाडौं प्रसारण लाइनको परीक्षण आगामी साता गरिने भएको छ । नुवाकोट र रसुवामा निर्माणाधीन अवस्थामा रहेको त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाईनको भौतिक निर्माण कार्य सम्पन्न भएको छ । प्रसारण लाइनको १ सय ४१ वटै टावर निर्माण सम्पन्न गरी तार तान्ने काम सकिएको छ ।

नुवाकोट र रसुवामा उत्पादित जलविद्युत् आयोजनाको विद्युत् जोडिने गरी त्रिशूली–काठमाडौं २ सय २० केभी डबल सर्किट प्रसारण लाइनको समान्य परीक्षण गरिने जारी रहेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए । विद्युत्गृहमा पानी खसालेर पहिलो युनिट ‘नो लोड’ मा परीक्षण भइरहेको छ । परीक्षण पूरा भएपछि दुई सातामा आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेसमेत जोशीले बताए । भौतिक निमार्णको कार्य सम्पूर्ण सम्पन्न भएको र केही प्राविधिक कामहरू बाँकी छन् ।

ती काम पनि एक साताभित्र सम्पन्न हुने भएका छन् । प्रसारण लाइनको १ हजार ३ सय ९ मिटर संरचना भूमिगत रहेको छ । त्रिशूली ३ ए को विद्युत्गृहदेखि त्रिशूली ३ बी हबसम्म १ सय ३२ केभी र हबदेखि मातातीर्थ सबस्टेसनसम्म २ सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको जोशीले जानकारी दिएका छन् ।

प्रसारण लाइनको परीक्षण भएपछि नुवाकोट र रसुवामा उत्पादित करिब ९ सय मेगावाट विद्युत्तलाई एकै ‘हब’मार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न लक्ष्य रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस