‘फानी’को उत्पात, भारतमा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं । बंगालको खाडीबाट विकसित भएको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

पूर्वी तटीय राज्य उडिसामा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । उडिसाका १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । पर्यटकीय सहर पुरी पनि यसबाट निकै प्रभावित भएको छ ।

तीव्रगतिमा आएको आँधीका कारण पुरीमा १६० मानिस घाइते भएका छन् । प्रतिघन्टा २०० किलोमिटरका दरले आएको आँधीले ठूलो मात्रामा भौतिक सम्पत्तिमा क्षति भएको छ ।

भारी वर्षासहित आएको हावाहुरीले ठूल्ठूला रुख ढाल्नुका साथै पक्की पर्खालसमेत ढालेको छ । त्यसैगरी, ठूलो संख्यामा बिजुलीका पोल, टेलिफोनका टावरहरुमा पनि क्षति पुगेको छ । रेडियोका टावरहरु पनि ढलेका छन् ।

फानी उडिसाको पुरीछेउको तटीय क्षेत्रबाट प्रवेश गरेको थियो । यसको प्रभावले दर्जनौं गाउँ डुबेका छन् । मानवीय क्षति हुन नदिन तटीय क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा राखिएको छ ।

भारतको मौसम पूर्वानुमान विभागले पानी उडिसाको खुर्दा, कटक, बलासोर, भद्रा, भुवनेश्वर हुँदै पश्चिम बंगलादेशतर्फ लागेको जनाएको छ । यसले बंगालका कोलकातालगायतका हुग्ली, भारग्राम, मेदिनिपुरलगायतका जिल्लासमेत प्रभावित भएका छन् ।

बंगलादेशमा पनि ‘फानी’ आँधीका कारण एकजनाको मृत्यु भएको छ । बंगलादेशका करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा राखिएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस