डडेल्धुरामा करेन्ट लागेर किशोरको ज्यान गयाे

डडेल्धुरा । करेन्ट लागेर डडेल्धुरामा एक किशोरको ज्यान गएको छ । अमरगढी–१ दह (भेटा) का १८ वर्षीय तेजबहादुर ऐरको करेन्ट लागेर ज्यान गएको हो ।

बोकेको काचो काठ बिजुलीको तारमा छोइँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए ।

यसैबीच, पीडित पक्षले विद्युत् प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक करिब १० घण्टा सडक अवरुद्ध गरेका छन् । प्रदर्शनपछि पीडित पक्ष र विद्युत् प्राधिकरण वितरण केन्द्र, डडेल्धुराबीच क्षतिपूर्ति दिने सहमति बनेको छ ।

सवारी राेकिँदा तराईबाट ७ पहाड आउने र जाने यात्रुहरु अलपत्र परेका थिए । अवरुद्ध सडक शुक्रबार बिहान ४ बजेबाट  खुलेपछि सवारी गन्तव्यतर्फ लागेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोक दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ …

प्रतिकृया दिनुहॊस