नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड, १५ हजार १२० आवेदकलाई १० कित्ता

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलवार विहान बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम शेयर विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंङको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँड भएको हो ।

विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार गोलाप्रथाबाट १५ हजार १२० आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ । १४ हजार ९२५ आवेदकको भने हात खाली भएको छ । आईपीओमा कुल ३ लाख १५ हजार ६३० आवेदन परेकोमा ७०५ आवेदनबाट परेको १४ हजार २६० कित्ताको आवेदन रद्ध भएको छ भने ३ लाख १४ हजार ९२५ आवेदकबाट परेको ६३ लाख ८८ हजार १३० कित्ताको आवेदन सदर भएको थियो ।

नेपाल एग्रो लघुवित्तले वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर १ लाख ५१ हजार २०० कित्ता शेयर सर्वसाधारणमा विक्रीमा ल्याएको थियो । जसमा २ हजार ४८९ कित्ता लघुवित्तका ६६ जना कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको थियो ।

नेपाल एग्रोको आईपीओमा मागभन्दा ४२ दशमलव ३४ गुणा बढी आवेदन परेको थियो । आईपीओमा कुल ३ लाख १५ हजार ६३० ओटा आवेदनबाट रू. ६४ करोड २ लाख ३९ हजार बराबरको ६४ लाख २ हजार ३९० कित्ता माग गर्दै आवेदन परेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस