बैशाख १५ गते आइतवार देखि २१ गते शनिबार सम्मको साप्ताहिक राशिफल

यस हप्ता सूर्य मेष राशिमा । मङ्गल वृषमा । राहु मिथुनमा । बृहस्पति, शनि र केतु धनुमा । बुध १७ गतेसम्म मीनमा त्यसपछि मेषमा । शुक्र मीन राशिमा रहनेछन् । चन्द्रमाले मकर राशिदेखि मेष राशिसम्मको यात्रा गर्नेछन् ।

मेषः
साता मध्यम उपलब्धिमूलक छ । शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त गर्नसकिने छ । उच्चस्तरीय संपर्क जोडिने र कामकार्यमा सहयोग पनि मिल्ने छ । राजनीति, समाज सेवा तथा नोकरीमा यश तथा मान बढ्ने छ । जिम्मेवारी एवं पदीय हैसियत प्राप्त गर्नसकिने छ । उद्योग धन्दा तथा पेशाकर्म फस्टाउने छ । साताको मध्यतिर खर्चको योग परेको छ जसले गर्दा व्ययको मात्रा बढेर जाने छ । भने बढी चाहना गरेको काममा अबरोध आइपर्ने सम्भावना छ । पारिवारमा स्वास्थ्य समस्या पर्नसक्ने छ । घरायसी तथा पारिवारिक सरसामान खरिद गरेर वा मान्यजनको दर्शनभेट् तथा असहाय वर्गलाई सहयोग गरी यो खर्चयोगको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । धैर्यधारण गर्नु तथा संयमपूर्वक जनव्यवहार गर्नु उपयुक्त हुनेछ । शुक्रवार मध्याह्नपछिको समय अनुकूल रहने छ । स्थितिमा सुधार भएर आउने छ । शारीरिक एवं मानसिक उर्जा बढ्ने छ । कामकार्यमा सफलताको आशा पलाउने छ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति एवं भगवान श्रीहरिको उपाशना तथा श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

वृषः
साता आंशिक अनुकूल देखिएको छ । शुरुमा केही अपयशको र व्यवसायिक तथा पेशागत कर्मक्षेत्रमा अबरोध वा ढिलासुस्तीको सामना गर्नुपर्ने देखिएको छ । धैर्यधारणपूर्वक जनव्यवहार गर्नु बुद्धिमानी हुनेछ । क्रमशः उच्चवर्ग तथा व्यक्तित्त्वसँग संपर्क एवं संबन्ध जोडिनाले मनमा महत्त्वाकांक्षा बढाउने छ । अल्लि व्यवहारिकतालाई जोडदिई अवसरको फाइदा उठाउनु बुद्धिमानी हुनेछ । राजनीति तथा समाजसेवा एवं जागिर आदिमा भूमिका मिल्नसक्ने छ । बुधवार पछिको समय भने अल्लि आशा अपेक्षालाई निराशामा बदल्ने खालको छ । बढी चाहना गरेको काममा दृष्यादृष्या अबरोध सृजना हुनेछ । उद्योगधन्दा आदिबाट पनि अल्प लाभमा चित्त बुझाउनु पर्ने छ । शुक्र र शनिवार साविकको भन्दा केही बढी अनुपातमा खर्चको मात्रा बढ्ने छ । कामकार्यमा पनि दिक्कत एवं अड्चन आइलाग्नसक्ने छ । स्वास्थ्य पनि प्रभावित हुने सम्भावना छ ख्याल गर्नुहोला । तपाईले यो साता भगवान सूर्यनारायणको साथमा महावीर हनुमान, गुरु गणपति, माँ बगलामुखी एवं भैरवदेवको भक्ति स्तुति एवं उपाशना गर्नु शुभ फलदायक हुनेछ ।

मिथुनः
साता उपलब्धिमूलक देखिएको छ । आइतबार शुरुसम्म स्वास्थ्य तथा शारीरिक कष्टको सामना गर्नपर्ने देखिन्छ । बाँकी साता क्रमशः आइतवार साँझदेखि नै सफलता कारक रहनेछ । अपयशको बाबजुत पनि अप्रत्यासित लाभ एवं उपलब्धि मिल्ने छ । स्वास्थ्यमा सुधार आउने छ । धार्मिक एवं सामाजिक कार्यसम्पादन गर्नसकिने छ । काम कार्यमा अग्रता मिल्ने आर्थिक लाभ पनि हुनेछ । उच्चतह तथा निकाय वा व्यक्ति विशेषसँग परिचय बढ्ने एवं संबन्ध स्थापित हुनेछ । मानसम्मान एवं पदप्रतिष्ठा मिल्ने तथा बढ्ने छ । अवरलाई व्यवहारिक ढङ्गले सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । राजनीति, जागिर तथा समाज सेवा आदिमा सफलता मिल्नेछ । उद्यम व्यवसाय बढ्ने छ । आकस्मिक लाभ एवं सफलता मिल्ने छ । यो साता तपाईले महावीर हनुमान, गुरुगणपति र भैरवदेवको स्तुति आराधना गर्नु शुभफल बृद्धिदायक हुनेछ ।

कर्कटः
साता सुधारोन्मूख रहेको छ । आइतवार केही समय मनोरञ्जनात्मक रहने छ । विपरित लिङ्गीबाट साथसहयोग मिल्ने छ । अपराह्नपछि मङ्गलवारसम्म स्वास्थ्यमा समस्या आउनसक्ने छ । कार्यक्षेत्रमा पनि अल्लि संघर्षको सामना पनि गर्नुपर्ने छ । खर्च पनि बृद्धि हुनाले मानसिक तनाब पनि बढ्ने छ । खानपान एवं आत्मसंयम गर्न जरुरी छ । र  पनि अप्रत्यासित उपलब्धिको पक्ष सुरक्षित देखिन्छ । बुधबार देखि समय थप अनुकूल बन्दै जाने छ । सामान्यतया अपयशको बाबजुत भाग्य बृद्धि हुनेछ । काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि पनि मिल्नेछ । विशिष्ट व्यक्ति तथा उच्चतहसँग सम्बन्ध वा संपर्क जोडिने छ । मुल्याङ्कन बढ्दै जानेछ । राजनीति, समाजसेवा तथा जागिर आदिमा सम्मान र जिम्मेवारी मिल्ने छ । समयको सदुपयोग गरी स्वकर्मलाई समय दिनु र उपलब्धि लिनु बुद्धिमानी हुनेछ । तपाईलाई यो साता माँ बगलामुखी र भैरवदेवको उपाशना गर्नु शुभदायक हुनेछ ।

सिंहः
साताको पूर्व र अन्तिम खण्ड उपलब्धिमूलक रहने छ । शुरुमा व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई आर्थिक लाभ एवं उपलब्धि हातपार्न सकिने छ । खेलकुद आदि प्रतिस्पर्धामा सफलता मिल्ने छ । स्वास्थ्य लाभ एवं कान्तिमा बृद्धि हुनेछ । दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार एवं सहजपन आउनेछ । विपरित लिङ्गीबाट साथ मिल्ने छ । योग्यहरुलाई विवाह प्रसङ्ग चल्ने संभावना छ । लामो तथा छोटो दुरीको यात्रा हुनक्ने छ । उद्यम कार्य बढ्ने छ । बुधबार र  बिहीबार स्वास्थ्यमा मन्दि आउने छ । दीर्घरोगीले आहारविहारादिमा बढी ख्याल पुर्याउनु पर्ने देखिएको छ । गर्न खोजेको कामकार्यमा पनि अबरोध आउनसक्ने छ । धैर्यधारण गर्नु बुद्धिमानी हुनेछ । शुक्र दिउसोबाट स्थितिमा सुधार भएर आउने छ । काम कार्य एवं व्यवसायिक प्रगति हुने र सफलता मिल्ने छ । केही अपयशको बाबजुत पनि भाग्य बृद्धि हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति एवं महावीर हनुमान र भैरवदेवको स्तुति आराधाना उपाशना गर्नु शुभप्रद हुनेछ ।

कन्याः
साताको शुरुमा समयको सदुपयोग गर्नाले विद्यार्थी भाइबहिनीहरुले पढाईमा प्रगति गर्नसकिने छ । अन्य व्यक्तिलाई पनि बुद्धिविकास हुनेछ छ । चर बढी जान्ने हुने मानसिकताले गोपनीयता खुस्कनसक्ने सम्भावना छ ख्याल गर्नुहोला । क्रमशः शरीरमा आरोग्यलाभ हुने र कान्तिमा बृद्धि हुनेछ । जोश जाँगर बढेर आउने र प्रख्याति मिल्ने छ । खेलकुद् आदि प्रतिस्पर्धामा विजयी भइनेछ । बुध र बिहीबार रङ्गरास बढ्ने छ । रमाइलो यात्राको संभावना छ । प्रेम तथा दाम्पत्य सम्बन्धलाई फराकिलो गराउन सकिने छ । विपरित लिङ्गीबाट साथसहयोग मिल्ने छ । व्यापार व्यवसाय आदि पेशाकर्मबाट लाभ गर्न सकिने छ । शुक्र र शनिवार स्वास्थ्यमा पित्तविकार तथा ज्वरप्रकोपको सम्भावना छ । आहार विहार आदिमा ख्याल पुर्याउनु होला । चाहना गरेको कामकार्यमा अल्झन आइ पर्नेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरु गणपति, महावीर हनुमान एवं माँ बगलामुखी र भैरवदेवको स्तुति भक्ति उपाशना गर्दै गर्नाले अशुभफललाई घटाउन तथा शुफफललाई बढाउन मद्दत हुनेछ ।

तुलाः
आइतबार अपराह्नसम्म अल्लि अलमल एवं विचार विभेदको सम्भाना छ । क्रमशः केही सुधार भएर जाने देखिएको छ । व्यवहारमा आत्मप्रसंशाको चाहना झल्कनाले मुल्याङ्कनमा कमि आउनसक्ने संभावना छ । तथापि कर्म अनुसार उपलब्धि मिल्ने छ, कर्मयोगमा ध्यान दिनु बुद्धिमानी हुनेछ । परिवारमा सदस्य थपिनसक्ने तथा टाढा गएको आफन्तिसँग भेट्घाट हुनसक्ने छ । विद्यार्थी भाइबहिनीले अध्ययनमा लगाव बढाउनु बल गर्नुपर्ला । पेशाकर्मी तथा व्यवसायीहरुलाई क्रमशः उन्नतिकर गोचर छ । आरोग्यलाभ मिल्ने छ । विपक्षिलाई सम्झौतामा ल्याउन सकिने छ । भने प्रतिस्पर्धामा विजयी भइने छ । प्रेम एवं दाम्पत्यसम्बन्धमा माधर्युता बढ्ने छ । संबन्धितहरुको लागि विवाह प्रसङ्ग चल्ने छ । व्यापार व्यवसायबाट लाभ प्राप्त गर्नसकिने छ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति र भगवान लक्ष्मीनारयाणको साथमा माँ इन्द्रायणीको आराधना गर्नु हितप्रद हुनेछ ।

वृश्चिकः
साता मध्यम फलदायी रहेको छ । शुरुको दिन शारीरिक स्फुर्ति र कामकार्यमा रुचि बढेर आउने छ । क्रमशः सहकर्मीसँग विचारविभेद सँगै वादविवादजन्य स्थिति पनि बन्नसक्ने भय देखिएको छ । सावधानी अप्नाउनु होला अन्यथा पश्चाताप पर्नसक्ने छ । क्रमशः जनव्यवहारमा प्रभाव बढेर जानेछ । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । अध्ययन अध्यापन तथा लेखन आदि कार्यमा सफलता मिल्ने छ । नीतिगत कार्यमा कुशलता मिल्ने छ । विद्याको बलले मान्छेलाई प्रभाव पार्न सकिने छ । सहयोगी मिल्ने छन् । व्यवसायिक उन्नति हुनेछ । पौरख बढेर आउने र विपक्षीलाई घुँडा टेकाउन सकिने छ । यात्रा योजना तयार हुनेछ । यो साता तपाईले भगवान गुरुगणपति र महावीर हनुमान एवं भैरवदेवको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन तथा शुभफल बढाउन मद्दत मिल्नेछ ।

धनुः
साताको पूर्वखण्ड कामकार्यमा कुशलता, पौरख गर्नसकिने छ । मान्छेहरुसँग गरिने बोलीव्यवहामा भने सावधानी अप्नाउनु पर्ने छ । शारीरिक एवं व्यवहारिक पुरुषार्थ गर्ने जमर्को हुनेछ । व्यवसायबाट आर्थिक उन्नति हुनेछ । रोकिएर रहेका केही कामलाई फत्ते गर्न सकिने छ । प्रतिस्पर्धा आदि कार्यमा अग्रता मिल्नसक्ने छ । तथापि बुध र बिहीवार अल्लि चनाखो हुन र बुद्धिले कामलिन पर्ने समय छ । आलोचनाको सामना गर्न पर्ने देखिएको छ । रपनि नसोँचेको उपलब्धि हातपर्ने छ । शुक्र र शनिवार ज्ञानविज्ञान बढ्ने, अध्ययनमा मन जाने छ । तर बढी चतुर्याई गर्न खोज्दा आफ्नै गोपनीयता खुस्कने र पछि पछुतो पर्नसक्ने सम्भावना पनि छ ख्याल गर्नुहोला । सन्तान मोह बढ्ने छ । यो साता तपाईले भगवान सूर्यनारायण, महावीर हनुमान एवं भैरवदेव र माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।

मकरः
साता सामान्य संघर्षकर देखिएको छ । शुरुको दिन अबरोधको बाबजुत सामान्य मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने, मानसिक शान्ति मिल्ने छ । मिष्ठान्न भोजन, रमाइलो वातावरण जुट्ने छ । मध्याह्नपछि धनोन्माद बढ्नाले सञ्चित धनको खर्च हुनसक्ने छ भने अपेक्षित आर्थिक कार्य अबरोध हुनसक्ने सम्भावना छ होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । सामाजिक तथा परोपकारजन्य कार्यमा समय दिनुपर्ने छ । बुध र बिहीवार शारीरिक फुर्तिफार्ति एवं उमङ्ग बढेर आउने छ । रोकिएर रहेका केही काम फत्ते गर्नसकिने छ । दैनिकी कामकार्य एवं व्यवसाय तथा पेशा आदिबाट लाभ मिल्ने छ । स्वकर्ममा रत्रही कर्मयोगको साधनालाई समय दिनु बुद्धिमानी हुनेछ । शुक्र र शनिबार केही पारिवारिक समस्या थपिने सम्भावनालाई ग्रहगोचरले लक्षित गरिरहेको छ । स्वास्थ्यमा पनि प्रतिकूलता आउनसक्ने छ । वादविवादको सम्भावना भएकोले जनव्यवहारमा ख्याल पुर्याउनु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान पवनपुत्र हनुमान, भैरवदेव एवं गुरु गणपति र माँ बगलामुखीको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभदायक हुनेछ ।

कुम्भः
आइतबार शुरुमा खर्च बढ्नसक्ने छ । र पनि नसोँचेको काम बनेर आकस्मिक लाभ पनि मिल्ने छ । सोम र मङ्गलबार भने अपेक्षित काममा अबरोध आउने तथा आश्वासन पाएको तर्फबाट पनि सम्बन्धित उपलब्धि पाउन ढिलाई हुने देखिएको छ । तथापि मानसिक एवं शारीरिक उमङ्ग बढ्ने छ । समान्यतया व्यवहारिक कर्माभ्यास बढाउन सकिने छ । रमाइलो वातावरण र मिष्ठान्न भोजनको अनुकूलता मिल्नसक्ने छ । बुध र बिहीवार सामाजिक कामकार्यमा संलग्न हुन पाइनेछ । तर बोलिव्यवहारमा सावधानी अप्नाउनु पर्ला । सञ्चित धनको अपव्ययको पनि संभावना छ । शुक्र र शनिबार  शारीरिक पराक्रम बढेर आउने छ । रोकिएर रहेका कामकार्य अघि बढाउन सकिने छ । खेलकुद कर्मीको लागि विशेष सफलता मिल्ने दिन रहने छ । अन्य प्रतिस्पर्धामा पनि सफल हुनसकिने छ । यो साता तपाईले गुरु गणपति र भैरवदेवको श्रद्धाभक्ति गर्नु तथा दीनदुःखी असहायलाई सहयोग गर्नु शुभकर हुनेछ ।

मीनः
साता मध्यम छ । आइतबार शुरुमा सामान्य रुपमा भएपनि व्यवसायिक प्रगति हुने र कामकार्यमा सहज वातावरण सृजना हुनेछ । क्रमशः घरायसी आवश्यकता बढ्ने र किनमेल आदिमा खर्च गर्नुपर्ने छ । इष्ट कामकार्यमा पनि अबरोध सृजना नहोला भन्नसकिन्न । गोचर प्रतिकूल रहने भएकोले जोखिम पूर्ण काममा धैर्यधारणको जरुरी देखिएको छ । बुधबारबाट स्थितिमा सुधार आउने छ । रोकिएर रहेका कामकार्यमा सफलता मिल्दै जाने छ । व्यवसायिक उन्नति प्रगति हुनेछ । मानसिक शान्ति एवं शारीरिक स्फुर्ति बढ्ने छ । मनखुश वातावरण बन्ने छ । विशेष योजनामाथि गम्भीर छलफल हुनसक्ने छ । शुक्र र शनिवार बोलीव्यवहारमा सजग हुनपर्ने गोचर छ अन्यथा तपाईको बोलीले कसैको मन दुखाउन सक्ने सम्भावना छ । आफ्नो व्यक्तिगतभन्दा परसेवा वा सामाजिक कार्यमा समय दिनपर्ने सम्भावना छ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव र साथमा भगवान सूर्यनारायणको श्रद्धाभक्ति एवं उपाशना आराधना गर्नु शुभदायक हुनेछ ।

पुनश्चः
जन्मकालमा सम्बन्धित ग्रह अनुकूल हुनेहरूलाई राशिफलमा बताइएको शुभफल बढी घट्ने र अशुभफल कम घट्ने हुन्छ । भने जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरूलाई राशिफलमा बताइएको अशुभजन्य फल बढी घट्ने र शुभफल कम घट्ने हुन्छ ।
साथै, विदेशमा हुनेहरूलाई नेपालसँग हुने समयान्तर बमोजिम पश्चिममा भए अघि र पूर्वमा भए पछि फल लाग्ने हुन्छ ।

– ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट) ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४४३१७४७

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस