मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

चितवन । पूर्वी चितवनको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।  पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६३ प ६५२४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–३ शान्तिचोकमा रोकिराखेको ना ६ ख ११७५ नम्बरको ट्रकमा राति १० बजे ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कालिका नगरपालिका–४ पदमपुरका ३० वर्षीय रामजी महत्तो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा राति १२ बजे मृत्यु भएको हो। मोटरसाइकल चालक सोही स्थानका २२ वर्षीय कृष्णनाथ महतोको उपचार भइरहेको छ।  यस्तै, राप्ती नगरपालिका–१ मा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ९ प ९९३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मक्वानपुर काकँडा–५ का २७ वर्षीय गोपीलाल स्याङतानको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस