आईपीएल : रोमाञ्चक खेलमा कोलकाताविरुद्ध बेंग्लोरको जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिगको १२औँ संस्करण अन्तर्गत शुक्रबार भएको रोमाञ्चक खेलमा रोयल च्यालेञ्जसै बेंग्लोरले कोलकाता नाइटराइडर्सलाई १० रनले हराएको छ । कोलकाता नाइटराइडर्सका लागि नितीश राणा र आन्द्रे रसेलले विस्फोट पारी खेले पनि बेंग्लोरले दिएको २१४ रनको विशाल लक्ष्य भने पछ्याउन सकेनन् ।

२१४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनायो ।

कोलकाताका लागि नितीश राणाले नटआउट ८५ रन बनाउँदै आन्द्रे रसेलले ६५ रन बनाए । आन्द्रे रसेलले मात्रै २५ बलमा ६५ रन बनाए । अन्तिमसम्म उनी टिकेको भए खेलको नतिजा नै अर्कै हुन सक्थ्यो । आउनेबित्तिकै उनले छक्काको वर्षा गर्न थालेका थिए । उनले दुई चौका र ९ छक्का प्रहार गरे ।

बेंग्लोरका लागि डेल स्टेनले २ तथा नवदीप सैनी तथा मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।

त्यसभन्दा अघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २१३ रन बनाएको थियो । आरसीबीका कप्तान विराट कोहलीले विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ५८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा १०० रन बनाएका हुन् । यो विराटको आईपीएलमा पाँचौ शतक पनि हो ।

त्यस्तै आरसीबीका लागि मोइन अलीले मात्र २८ बलमा ६६ रनको योगदान दिए । उनले ५ चौका र ६ छक्का प्रहार गरे ।

कोलकाताका लागि ह्यारी गुर्ने, सुनिल नारायण, कुलदीप यादव र आन्द्रे रसेलले एक–एक विकेट लिए ।

जितसँगै आरसीबीले ९ खेलमा २ खेलमा जित हात पार्दै ४ अंक बनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस