जिल्ला प्रशासनमा बुझाइयो १७ थान हातहतियार

विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न खालका १७ थान हातहतियार बुझाइएको छ। गृह मन्त्रालयको निर्देशनबमोजिम हातहतियार बुझाउने बिहीबार अन्तिम दिनसम्ममा उक्त हतियार बुझाइएको हो।

गृह मन्त्रालयले २०७५ चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर विभिन्न हातहतियार बुझाउन निर्देशन गरे बमोजिम उक्त हतियार बुझाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताइन्।

बुझाइएका हातहतियारमा भरुवा बन्दुक र दुईनाले बन्दुक रहेको सहायक प्रजिअ ओलीले जानकारी दिइन्। मोरङका जिल्ला प्रहरी कार्यालय मोरङ, उर्लाबारी, बेलबारी लगायतका सुरक्षा निकायका कार्यालयमा हातहतियार बुझाइएको छ। मोरङ जिल्लामा ७२३ जनाको नाममा हतियार दर्ता रहेको र म्यादभित्र २१७ वटा मात्र नवीकरण भएको जिल्ला प्रशासन कार्यालय मोरङका नायब सुब्बा तुलसीप्रसाद पौडेलले जानकारी दिए।

नेपाल सरकारको निर्णयबमोजिम एकपटकलाई नवीकरण नगरेका र अवैधरुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन दिइएको सहायक प्रजिअ ओलीले बताइन्। ‘समयभित्र नबुझाइएका हातहतियार भेटिएमा कानुनअनुसार कारबाही हुन्छ,’ उनले भनिन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस