गुराँस लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरे । बैंकको देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगदफिर्ता जीवनबीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवनबीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाकाबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

गरिमाविकास बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवनबीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक …

प्रतिकृया दिनुहॊस